त्रिवि मैदानमा पसिना बगाउँदै क्रिकेटर (फोटोफिचर)

डिसी नेपाल
२० मंसिर २०७७ १६:१४
76
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको यतिबेला बन्द प्रशिक्षण चलिरहेको छ। कोरोना महामारीपछि घरमै थन्किएका क्रिकेटर यहि मंसिर ११ गतेदेखि मैदानमा ब्याट र बलमा भुलिरहेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनीहरुको प्रशिक्षण लिइरहेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा मैदानमा दर्शकहरुसमेत पुग्दा नेपाली क्रिकेटको आगामी अन्तर्राष्ट्रिय खेलबारे भने हालसम्म कुनै टुंगो छैन। तर पनि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई लिएर नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेर प्रशिक्षण शुरु गराएको छ।

कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाएर प्रशिक्षण चलिरहेको क्यानले जनाएको छ। शुरुमा तीनजना क्रिकेटर कोरोना संक्रमित भएपछि उनीहरु मैदानमा जान पाएनन्। पनि अर्का क्रिकेटर सन्दीप लामिछाने पनि संक्रमित बन्न पुगेका थिए। हालै सबै क्रिकेटरले कोरोना जितिसकेका छन्।

तस्वीरहरु : क्यान


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *