अर्जेन्टिनामा नयाँ सम्पति कानुन : पुँजिपतिसँग कर असुल गरी कोरोनाको औषधिमा खर्च

डिसी नेपाल
२१ मंसिर २०७७ १३:३५
84
Shares

काठमाडाैं। अर्जेन्टिनाको सरकारले कोरोना भाइरस महामारीबाट परेको असरलाई मध्यनजर गर्दै नयाँ सम्पत्ति कानून ल्याएको छ। शुक्रबार त्यहाँका सेनिटरहरुले ‘लखपतिलाई कर’ भनिने विशेष सम्पत्ति करको प्रस्ताव ४२ मतसहित पारित गरेका छन्। यसको विरोधमा ३६ मत खसेको थियो।

उक्त करको रकमबाट कोरोनाको औषधि तथा आवश्यक चिज खरिद गर्न र राहत काममा खर्च गरिनेछ। यो कानून २० करोड पेसो अर्थात २५ लाख डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिहरुलाई लागू हुनेछ।

नयाँ कानून अनुसार यो कर एक पटक मात्रै लगाइने छ।  अर्जेन्टिनमामा करिब १२ हजार यस्ता लखपति छन् जोसँग सरकारले यो विशेष कानून अनुसार कर लिन सक्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *