केरामा हालेर विदेश पठाउन थालिएको १५ अर्ब ८८ करोड मूल्यको १ टन कोकिन पक्राउ

डिसी नेपाल
२२ मंसिर २०७७ १०:४४
28.1k
Shares

काठमाडौं। केराको कोसाभित्र हालेर विदेश पठाउन लागिएको अवस्थामा एक मेट्रिक टन भन्दा धेरै अवैध लागूऔषध कोकिन बरामद गरिएको छ । कूल १ टनभन्दा बढी तौल बराबरको यो लागूऔषधको अनुमानित मूल्य १०० मिलियन पाउण्ड (१५ अर्ब ८८ करोड रुपैयाँ) भएको बीबीसीको रिपोर्टमा जनाइएको छ । बेलायतको होम अफिसलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार यो विशाल परिमाणको लागूऔषध लण्डन गेटवे बन्दरगाहमा बरामद गरिएको हो ।

१२ नोभेम्बरमा बन्दरगाहबाट बाहिर पठाउन लागिएका सामानहरुको नियमित जाँचको क्रममा लागूऔषध भेटिएको हो । यो लागूऔषध केराको कोसाभित्र लुकाएर राखिएको थियो र केराको रुपमा विदेश पठाउने तयारी थियो । यो शिपमेन्ट कोलम्बियाबाट आएको थियो र लण्डन हुँदै बेल्जियमको एन्टवेर्प पठाइँदै थियो । नेशनल क्राइम एजेन्सीले यो घटना यसमा संलग्न संगठित आपराधिक समूहको लागि ठूलो धक्का भएको बताएको छ ।

यसअघि सेप्टेम्बरमा युके बोर्डर फोर्सका अधिकारीहरुले ११ सय ५५ किलो कोकिन बरामद गरेका थिए । एनसीएका शाखा कमाण्डर ज्याक बियरले भने ‘यसको अन्तिम गन्तव्य बेलायत थिएन तर यसको केही भाग भने हाम्रो देशमा पनि बेचिएको हुन सक्छ ।’ यसरी ठूलो शिपमेन्ट बरामद हुँदा संगठित आपराधिक समूलाई ठूलो धक्का लाग्ने किनकि यस्तो भएपछि उनीहरुलाई पुनः लगानी गर्नको लागि पर्याप्त पैसा नहुने उनले बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *