९ कक्षाकी छात्रालाई ८ जनाले १३ दिनसम्म बलात्कार, घरमा नभनी साथीकहाँ गएकी थिइन्

डिसी नेपाल
२३ मंसिर २०७७ १४:०३
115.3k
Shares

काठमाडौं। ९ कक्षाकी छात्रामाथि सामूहिक बलात्कारको गम्भीर घटना सार्वजनिक भएको छ । घरमा केही नभनी साथीकहाँ गएकी किशोरीलाई १३ दिनसम्म बलात्कार गरिएको हो । साथीकहाँ गएकी ती किशोरीले त्यहाँ एक युवकलाई भेटेकी थिइन् । ती युवकले उनलाई आफूसँग लिएर गए र बलात्कार गरे । त्यसपछि उनले ती किशोरीलाई आफ्ना साथीहरुलाई सुम्पिदिए । त्यसपछि ती साथीहरुले उनलाई लगातार बलात्कार गरिरहे । १३ दिनसम्म ती किशोरी ८ जनाबाट बलात्कारको शिकार भइरहिन् ।

घटना भारतको छत्तसिगढको बलरामपुर जिल्लामा भएको भारतीय मिडियाले जनाएका छन् । राजपुर थाना क्षेत्रमा भएको घटनाका सबै आरोपीहरु पक्राउ परिसकेको बताइएको छ । ६ जना आरोपीहरु नाबालिग भएको समाचारमा जनाइएको छ । ती किशोरी २० नोभेम्बरका दिन घरमा नभनी साथीलाई भेट्न गएकी थिइन् । त्यहीँ एक युवकसँग भेटेर उनीसँग गएकी किशोरीलाई ती युवकले पहिले आफूले बलात्कार गरेर साथीहरुलाई सुम्पिदिएका थिए ।

यता छोरी बेपत्ता भएपछि परिवार निकै तनावमा थिए । उनीहरुले छोरीलाई आसपास आफन्तकहाँ खोज्दा नभेटेपछि पुलिसमा रिपोर्ट गरेका थिए । पुलिसले टिम बनाएर किशोरीको खोजी गरिरहेका थिए । यही क्रममा सुराकीका आधारमा पुलिसले ५ डिसेम्बरमा उनलाई अम्बिकापुर जिल्लाको सरगुजामा फेला पारे । पीडित किशोरीले पुलिसलाई १३ दिनसम्म अलग अलग ठाउँमा ८ जनाले बलात्कार गरेको बयान दिएकी थिइन् । पुलिसले पीडितको बयानका आधारमा सबै आरोपीलाई पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.