‘मुन्द्रेको कमेडी क्लब’ लिएर सानो पर्दामा आउदै जितु नेपाल र दीपाश्री निरौला !
काठमाडौं । नेपाली कमेडी क्षेत्रका चर्चित हस्ती मध्येका एक हुन हास्य कलाकार जितु नेपाल। नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।
हाल प्रददर्शनमा रहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्मातासमेत रहेको उनी यसै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाईसमेत लिएर सानो पर्दामा फर्किएका छन्। सानो पर्दाका टेलिचलचित्र विमान चालक, हिजो आजका कुरा, ट्वाक्क टुक्क, गिताञ्जली पछि उनले जिरे खुर्सानी निर्माण गरे । उनी जिरे खुर्सानीबाट दर्शकको मन जित्न सफल भएका थिए।
उनको नयाँ शो ‘मुन्द्रेको कमेडी क्लब’ आउने १९ गतेबाट हरेक सोमबार राति ९ बजे प्रसारण हुने बताइएको छ । उनले सुरु गर्न लागेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरुको पनि सहभागीता रहने छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरुको अभिनय देख्न सकिने छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment