बलात्कार आरोपमा ललितपुरबाट युवक पक्राउ

डिसी नेपाल
२५ मंसिर २०७७ १५:०२
256
Shares

काठमाडौं। किशोरी बलात्कार गरेको आरोपमा ललितपुरबाट एक युवकलाई पक्राउ परेका छन्। लुभुमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ।

महालक्ष्मी नगरपालिका ८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार श्रेष्ठले ती किशोरीलाई विभिन्न प्रलोभन देखाएर फकाई पटकपटक जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

सोही आधारमा उनलाई महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *