एनआरएनएको सदस्यता अहिले लिने कि नलिने?

डिसी नेपाल
२५ मंसिर २०७७ २३:२४

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संसारभरका सबै देशका राष्ट्रिय समन्वय परिषद्हरुलाई तत्काल सदस्यता वितरण नगर्न परिपत्र गरेको छ। धेरैजसो देशका राष्ट्रिय समन्वय परिषद्ले सो परिपत्रअनुसार, सदस्यता वितरण गर्न स्थगित गरेका छन्। तर, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले भने सो परिपत्रलाई बेवास्ता गरेको छ।

र, केही सयलाई सदस्य बनाइसकेको तथ्यांक फेसबुक पेजमार्फत सार्वजानिक गरेको छ। यस्तै सदस्यको विवादले यसअघिको एनआरएनए अमेरिकाको चुनाव विवादग्रस्त बनेको र त्यो विवादको छानविनका लागि अन्तराष्ट्रिय समन्वय समितिले छानविन समिति नै गठन गरेर हाल छानविन जारी छ।

निर्वाचनमा धांधली गर्नका लागि आईसीसीले तोकेको एमआईएस सिष्टममा जानुपूर्व नै सदस्यता वितरण गरी एनआरएनए कब्जा गर्न खोजेको आरोप एनआरएनए अमेरिकाका वर्तमान अध्यक्ष सुनील साह र उनको समूहमाथि लाग्ने गरेको छ।

एउटा सामाजिक संस्थाका रुपमा कार्यगर्ने भनेर गठन भएको एनआरएनए राजनीति गर्ने अखडा बन्दै गएको र अनेक विवादित प्रसंगहरुले संस्था नै असामाजिक बन्दै गएको सन्दर्भलाई समेत जोडेर डिसी नेपालका अर्जुन दाहाल(नुन चिनी पानी) ले एनआरएनए आईसीसीका सचिव गौरी जोशी र एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहलाई कार्यक्रम “जस्ताको तस्तै”मा निम्त्याई तिखा प्रश्नहरु सोधेका थिए।

कार्यक्रममा गत चूनावमा अनाधिकृत रुपमा भेटिएका २०९३ सदस्यको बारेमा गौरी जोशीले बिशेष खुलासा पनि गरेका छन् भने यसबारे अहिले छनबिन समिति गठन गरेर भैरहेको छानबिनमा आफ्नो सहयोग रहेको कुरा सुनिल साहले बताएका छन् । सामाजिक संस्थामा गुट उपगुटका कथा र त्यसबारेका खरा प्रश्न र जवाफ हेर्न तलको लिंकमा क्लिक गर्न सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *