अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानको बदनमान गर्ने भारत समर्थित नेटवर्कको पर्दाफास

डिसी नेपाल
२६ मंसिर २०७७ १९:५०
716
Shares

काठमाडौं (एजेन्सी)। अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको बदनाम गर्ने र भारतीय हितको समर्थन गर्ने एक नेटवर्कको पर्दाफास भएको छ। बीबीसीका अनुसार यूरोपेली यूनियनको फेक न्यूजबारे काम गर्ने विंग ईयू डिसइन्फो ल्याबले १५ वर्षदेखि सक्रिय सो नेटवर्कको पर्दाफास गरेको हो।

यो नेटवर्कले विगत १५ वर्षदेखि पाकिस्तानलाई बदनाम गराउन विभिन्न फेक न्यूजको साहारा लिएको र भारतको समर्थन गर्न पनि विभिन्न फेक न्यूजको सहारा लिएको जनाइएको छ। यो नेटवर्कले सँयुक्त राष्ट्रसंघीय एजेन्सीहरुमासमेत पाकिस्तानको बदनाम गराउने भूमिका खेलेको जनाइएको छ। त्यसो त मरिसकेका एक मानवअधिकारवादी व्यक्तिको परिचयसमेत चोरेर गलत प्रयोग गरेको बताइएको छ।

ईयूले हालसम्म फेला परेको यस प्रकारको नेटवर्कमा यो नेटवर्क निकै ठूलो र सक्रिय रहेको बताएको छ। र यो नेटकर्वको सिधा सम्बन्ध भारत सरकारसँग रहेको प्रमाण फेला नपरे पनि यसका सञ्चालकहरुको दिल्लीमा कार्यालय रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.