४ राज्यका इलेक्टोरललाई बाइडेनलाई भोट गर्न रोक लगाउन माग गरिएको रिट खारेज

डिसी नेपाल
२७ मंसिर २०७७ ११:१०
80
Shares

काठमाडौं। अमेरिकाको टेक्सास राज्यले ४ ब्याटलग्राउण्ड राज्यहरुको निर्वाचनको नतिजा खारेज गर्न माग गर्दै अमेरिकाको सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यी ४ राज्यमा राष्ट्रपति ट्रम्पले चुनाब हारेका थिए । यससँगै अदालतको माध्यमबाट आफ्नो हार उल्ट्याउने ट्रम्पसँग बाँकी सम्भावनाको पनि अन्त्य भएको छ ।

न्यूयोर्क टाइम्सले जनाएअनुसार सर्वोच्च अदालतले छोटो हस्ताक्षर नगरिएको आदेशमा अर्को राज्यले निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउँछ भन्ने विषयमा न्यायिक संज्ञान लिन आवश्यक नदेखिएको भन्दै यो मुद्दा चलाउन पर्याप्त आधार नभएको ठहर गरेको छ । मंगलबार पेन्सलभेनियाका रिपब्लिकनले दायर गरेको एक मुद्दामा पनि अदालतले यस्तै आदेश दिएको थियो । ट्रम्पले नियुक्त गरेका ३ जना न्यायाधीशसहितको इजलासले दिएको यो आदेशले जो बाइडेनको जीत रोक्ने ट्रम्पको प्रयासलाई सघाउन अदालतले कुनै प्रयास नगर्ने संकेत गरेको छ ।

सिधै सर्वोच्च अदालतमा दायर गरिएको यो मुद्दामा जर्जिया, मिशिगन, पेन्सलभेनिया र विस्कन्सिन राज्यको निर्वाचन प्रक्रियालाई चुनौती दिएको थियो । मुद्दामा यी ४ राज्यका इलेक्टोरललाई बाइडेनलाई मतदान गर्नबाट रोक लगाउन र यी राज्यका इलेक्टोरल चुन्ने जिम्मा राज्यको व्यवस्थापिकालाई दिन माग गरिएको थियो । यस्तो आदेश दिँदा अदालतले लाखौं भोट रद्द गर्नुपर्ने थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *