चार्ज गरिरहेको आइफोनले लियो युवतीको ज्यान

डिसी नेपाल
२७ मंसिर २०७७ ११:३१
944
Shares

काठमाडौं। रुसको अर्खाग्लेस्क शहरमा चार्ज गरिरहेको आइफोनले २४ वर्षकी युवतीको ज्यान लिएको छ । उनको बाथटबमा करेन्ट लागेर मृत्यु भएको हो । ओलेस्या सेमेनोभा नामकी यी युवती आइफोन चार्ज गरेर नुहाउँदै थिइन् । यत्तिकैमा अचानक उनको फोन बाथटबमा खस्यो । नुहाइरहेकी ओलेस्यालाई बिजुलीको तीब्र झट्का लाग्यो र उनको मृत्यु भयो ।

डेलीमेलका अनुसार ओलेस्याको शव उनीसँग एउटै फ्ल्याटमा बस्ने साथी डारियाले सबैभन्दा पहिले देखेकी थिइन् । डारियाले इमरजेन्सी अपरेटरसँगको कुराकानीमा भनिन् ‘जब म घर पुगें उनको हालत देखेर म आत्तिएर चिच्याएँ । उनको अनुहार पहेंलो भइसकेको थियो र उनी सास पनि फेरिरहेकी थिइनन् । पारामेडिक्सका अनुसार ओलेस्या एक कपडाको पसलमा काम गर्थिन् र चार्ज भइरहेको फोन बाथटबमा खस्दा करेन्ट लागेर उनको मृत्यु भयो ।

रुसको आपतकालीन मन्त्रालयले यो घटनापछि चेतावनी जारी गरेको छ । चेतावनीमा पानी नजिकै विद्युतीय उपकरणलाई मेन विद्युत लाइनसँग जोडेर राख्दा खतरनाक परिणाम आउँछ भन्ने एक पटक फेरि प्रमाणित गरेको भनिएको छ । यसअघि अगष्टमा १५ वर्षकी एनाको पनि यस्तै गरी मृत्यु भएको थियो । मस्कोमा बस्ने एनालाई पनि नुहाउँदा करेन्ट लागेको थियो । गत वर्ष चर्चित पोकर स्टार लिलिया नेभिकोभाको पनि बाथरुममा करेन्ट लागेर मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.