सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बिहे रोकिदिए, रिसाएका बेहुला साली लिएर भागे
काठमाडौं। विवाहमा बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रोकिदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनीकै अपहरण गरेका छन् । पुलिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अपहरित बालिकाको पनि उद्धार गरेको छ । अपहरणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ । अपहरणकारी बेहुला भने फरार भएका छन् ।
टाइम्स अफ इण्डियाका अनुसार भारतको मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवाह हुँदै गरेको सूचना पाएपछि सक्रिय पुलिस र महिला तथा बालविकास विभागले किशोरीको उद्धार गरेका हुन् । परिवारलाई सम्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्याइएको थियो । तर, यो विवादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हालिदिए । पुलिस र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरीलाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।
बिहे रोकिएपछि रिसाएका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ जबरजस्ती साथमा लिएर गए । यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अपहरित बालिकालाई उद्धार गरे । पुलिसले अपहरित बालिकाका पिताको उजुरीमा अपहरण तथा बालविवाह अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment