४ करोड मूल्यको पेन्टिङ एयरपोर्टमा छुट्यो, सफाइकर्मीले डस्टबिनमा फ्याँकिदिए, अनि…
काठमाडौं। एक जना व्यापारीले जर्मनीको डसेलडर्फ विमानस्थलमा फ्रेन्च डाक्टर तथा मेडिकल क्षेत्रका विद्वान यभेस टंगुको बहुमूल्य पेन्टिङ बिर्सिए । डसेलडर्फबाट इजरायलको तेल अभिभ जाने क्रममा उनले पेन्टिङ विमानस्थलमै बिर्सिएका थिए । त्यसपछि त्यो पेन्टिङसँग जे भयो त्यो थाहा पाउँदा चकित परिन्छ । विमानस्थलमा छुटेपछि पेन्टिङको यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन ।
समाचार एजेन्सी एपीका अनुसार यो पेन्टिङको मूल्य २ लाख ८० हजार युरो (४ करोड नेपाली रुपैयाँ) थियो । जब यो पेन्टिङ विमानस्थलमा छुट्यो त्यहाँका सरसफाइकर्मीले यसलाई फोहर सम्झेर डस्टबिनमा फालिदिए । खासमा जब ती व्यापारी पेन्टिङ लिएर इजरायल जानको लागि डसेलडर्फ एयरपोर्ट पुगे र विमानमा चढ्न गए, उनले पेन्टिङ चेक इन काउन्टरमै बिर्सिए । उनलाई जब आफूले पेन्टिङ छाडेको सम्झना भयो तबसम्म विमानउडिसकेको थियो ।
यो बहुमूल्य पेन्टिङ सादा कार्डबोर्डको बक्समा प्याक गरिएको थियो । तेल अभिभमा उत्रिएपछि उनले जर्मनीको डसेलडर्फ पुलिससँग सम्पर्क गर्ने प्रयास गरे, उनले केही इमेल पनि पठाए । निकै खोजी गर्दा पनि पेन्टिङ भेटिएन । ती व्यवसायी निकै चिन्तित भए किनकि यो पेन्टिङ निकै महंगो थियो । त्यसपछि ती व्यवसायीका भतिजाले पेन्टिङ खोज्ने कोसिस गरे । बेल्जियमबाट डसेलडर्फ गएर उनले विमानस्थलनजिकै रहेको पुलिस स्टेशनमा गएर पेन्टिङ हराएको रिपोर्ट दर्ता गराए ।
पेन्टिङ निकै महंगो थियो त्यसैले यो विषय एयरपोर्ट पुलिस स्टेशनका इन्स्पेक्टर माइकल डिट्जकहाँ पुग्यो । उनले यसको जाँच सुरु गरे । उनले विमानस्थलमा सरसफाइ गर्ने कम्पनीसँग सोधे र एयरपोर्ट परिसरमा रहेका रिसाइक्लिङ कन्टेनरहरुमा खोजी सुरु गरे । पुलिस अधिकारीको यो मेहनत सफल भयो । इन्स्पेक्टर माइकल डिट्जले विमानस्थल परिसरमा रहेको फोहरको कन्टेनरमा पेन्टिङ फेला पारे । पेन्टिङमा थोरै नोक्सानी भए पनि अन्ततः जोगियो ।







डिसी नेपाल








Facebook Comment