टर्कीका राष्ट्रपतिले अजरबैजान पुगेर सुनाएको कविताले ईरानमा हंगामा

डिसी नेपाल
२७ मंसिर २०७७ १९:२२
248
Shares

तेहरान (एजेन्सी)। टर्कीका राष्ट्रपति रेचप तैय्यप अर्दोआनले हालै अजरबैजानको राजधानी बाकुको भ्रमण गरेका छन्। ४४ दिनसम्म अजरबैजान र आर्मेनियाबीच चलेको युद्धमा अजरबैजानले जितेको खुशीमा बाकुमा आयोजित परेड हेर्न अर्दोआन बाकु पुगेका थिए।

सो क्रममा टर्कीका राष्ट्रपतिले एक कविता सुनाए। जसको ईरानले कडा आलोचना गरेको छ। अर्दोआनले सुनाएको कविता पूरा टर्कीमा पृथकतावादको प्रतिकको रुपमा लिइन्छ। अर्दोआनले बाकुमा कविता सुनाएको विषयलाई लिएर तेहरानस्थित टर्कीस राजदूतसँग ईरानले स्पष्टीकरण सोधेको छ।

सो कवितामा १९ औं शताब्दीमा ईरान र अजरबैजानबीच भएको विभाजबारे वर्णन गरिएको छ। ईरानको चिन्ता अर्दोआनले बाकुमा कविता सुनाएपछि ईरानमा रहेका अल्पसंख्यक अजरबैजानीले पृथकतावादी आन्दोलन गर्ने सक्ने भन्ने हो।

कवितामा अरास नदीको दुईतर्फ रहेका नागरिकको विभाजनबारे उल्लेख गरिएको छ। असार नदीले अजरबैजान र ईरानलाई विभाजित गरेको छ। कवितामा ‘हामीहरुलाई अरास नदीबाट विभाजन गरियो, हामी दुःखी छौं’ भन्ने आशय रहेको बताइएको छ।

स्मरण रहोस अर्मेनिया र अजरबैजानबीच भएको ४४ दिनसम्मको युद्धमा कम्तिमा ५६०० जनाको मृत्यु भएको थियो। जसमा धेरैसजो दुबैतर्फका सेना रहेको बताइन्छ। अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भूमि मान्यता पाएको तर अर्मेनियाले कब्जामा लिएको नार्गोन काराबाख क्षेत्रलाई लिएर दुईदेशबीच सैन्य कारबाही चलेको थियो। युद्धका क्रममा अजरबैजानीले सेनाले कारबाखका धेरैजसो महत्वपूर्ण शहरमा कब्जा गरेको छ।

रुसको मध्यस्थतामा भएको युद्धविराममा अजरी सेनाले कब्जामा लिएको भूमिलाई अजरबैजानको मानिने गरी सहमति भएको छ। यो सहमतिपछि अर्मेनियामा त्यहाँका राष्ट्रपतिविरुद्ध प्रदर्शन भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.