डिलाशैनीको लकडाउन पुस ५ सम्म थपियो
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो। उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ।”
आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि मङ्सिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो।
लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने छन्। साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन्। औषधि पसल, एम्बुलेन्स सेवा भने सञ्चालन हुने छन्। डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय सङ्क्रमित रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment