कोरोनाका कारण सांसदको निधन
सांकेतिक तस्वीर
त्रिपोली। कोरोनाभाइरसबाट सङ्क्रमित भएका लिवियाका एक जना सांसदको निधन भएको छ।
मोरक्कोस्थित एक अस्पतालमा उपचार गराइरहेका बेला सांसद ओमर गार्मिलको निधन भएको अधिकारीहरुले जनाएका छन्।
उनलाई झण्डै एक हप्ता अगाडि कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनको उपचार भइरहेको थियो।
निधन भएका सांसद गार्मिल नोभेम्बरको अन्त्यतिर तान्जायर्समा भएको एउटा बैठकमा सहभागी भएका थिए। सो बैठकमा लिबियाका अरु १२० जना सांसद पनि सहभागी भएका थिए।
मोरक्कोको कुटनीतिक श्रोतका अनुसार सांसद गार्मिलको गत आइतबार नै निधन भएको हो।
मोरक्कोमा कोरोनाका कारण अहिलेसम्म झण्डै चार लाख मानिस सङ्क्रमित भएका छन्। तीमध्ये छ हजार ६२४ जनाको मृत्यु नै भएको छ।
त्यसैगरी लिबियामा अहिलेसम्म ९१ हजार जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३१४ जनाको मृत्यु भएको छ। एएफपी







डिसी नेपाल








Facebook Comment