प्रमुख सचेतक देव गुरुङलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन, नदिए बर्खास्त गर्ने तयारी

डिसी नेपाल
३० मंसिर २०७७ १५:२१
2.2k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् । प्रधानमन्त्रीले गुरुङलाई बोलाएर प्रमुख सचेतक पदबाट राजीनामा दिन भनेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार गुरुङले प्रधानमन्त्रीको विरुद्ध गतिविधि गर्दै हिँडेकोले उनीसँग राजीनामा मागिएको छ ।

‘उहाँ (गुरुङ)ले प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्दै हिँडेपछि प्रधानमन्त्रीज्यूले बोलाएर सचेत गराउनुभएको थियो तर उहाँ नसच्चिएपछि राजीनामा दिन भन्नुभएको हो’ स्रोतले डिसीनेपालसँग भन्यो ‘अब पनि राजीनामा नदिए बर्खास्त समेत गर्न सक्नुहुन्छ ।’ पार्टीको संसदीय दलका नेताविरुद्ध नै गतिविधि गरेपछि गुरुङलाई हटाउने तयारी गरिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीले सोमबार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर यस विषयमा जानकारी दिएका थिए । प्रधानमन्त्रीले आफूले गुरुङलाई हटाउन लागेको बताएपछि प्रचण्डले यसको प्रतिवाद गरेका छन् । प्रचण्डले पार्टीको बैठक राख्नुको सट्टा प्रधानमन्त्री अन्यत्रै सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *