हुम्लाका १ सय ५७ घरधुरीलाई सरसफाइ सामग्री
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ मा आधार विकास हुम्लाले सरसफाइका सामग्री वितरण गरेको छ। वडा नं ७ को चौगनफया र धारापोरी गाउँका गरेर १५७ घरधुरीलाई बुधबार मुख तथा हात धुने साबुन सामग्री वितरण गरिएको हो।
एक घरलाई मुख धुने पाँच र लुगा धुने सावुन दुई गरी प्रत्येक घरपरिवारलाई सात वटाका दरले साबुन वितरण गरिएको आधार विकास नेपाल हुम्लाका प्राविधिक सहायक रमेश भण्डारीले जानकारी दिए।
विश्वभर फैलिएको कोरोना भाइसर कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि यी सामग्री वितरण गरिएको प्राविधिक सहायक भण्डारीले बताए। यहाँका नागरिकले व्यक्तिगत सरसफाइनमा बढी ध्यान दिऊन् भन्ने उद्देश्यका साथ वितरण गरिएको भण्डारीले जानकारी दिए।
गाउँघरका नागरिकमा सफा र स्वच्छ भएर बस्ने बानी पार्नका लागि निःशुल्क सहयोग गरिएको जानकारी प्राप्त भएको छ। आधार विकास नेपाल हुम्लाले उत्तरी क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गर्दै आएको जनाइएको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment