किसानका बारीमा कृषिमन्त्री केसी

डिसी नेपाल
२ पुष २०७७ १३:३८
140
Shares

दैलेख । कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरुआत गरेकी छन्। यसक्रममा उनले हालै नारायण नगरपालिका– ३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गरिन्। सोही क्रममा वडा नं ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गरिन्।

किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले किसानलाई व्यावसायिक बन्न आग्रह समेत गरेकी छन्। सो अवसरमा उनले कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बैँकमार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिइन्। न्यून आए भएका, जग्गाजमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको उनले बताइन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *