रस टेलरसँग टी–२० टोलीमा फर्कने क्षमता छ : मार्टिन गुप्टिल

डिसी नेपाल
३ पुष २०७७ १४:५९
152
Shares

काठमाडौं । न्यूजील्यान्डका ब्याट्सम्यान रस टेलरलाई पाकिस्तान बिरूद्धको टी–२० सीरीजका लागि टोलीमा समावेश गरिएको छैन। यद्यपि टोलीका ओपनर मार्टिन गुप्टिलले टेलरको टी–२० क्रिकेट करियर समाप्त नभएको र उनीसँग टोलीमा फर्कने पूर्ण क्षमता रहेको बताएका छन ।

ग्लेन फिलिप्स र डेभन कन्वेका कारण टेलर पाकिस्तान बिरूद्धको टी–२० सीरीजका लागि टोलीमा अटाएका छैनन । यसकारण टेलरलाई अर्को वर्ष हुने टी–२० विश्वकपको लागि ठूलो झटका लागेको छ । यद्यपि टेलरले न्युजील्यान्ड टी–२० टीमको लागि पुनरागमन गर्ने गुप्टिलको विश्वास छ। उनले भने, “मैले टेलरसँग कुरा गरेको छैन तर मलाई थाहा छ कि उनी यस्ता खेलाडी हुन जसले पुनरागमनको लागि कडा मेहनत गर्छन । टी–२० क्रिकेटमा उनको करियर अझै समाप्त भएको छैन र मलाई थाहा छ उनी पुनरागमन गर्न सक्षम छन्।” वेस्टइन्डीज बिरूद्धको टी–२० सीरीजमा टेलर न्युजिल्यान्ड टोलीको सदस्य थिए तर उनले दुई खेलमा एक रन पनि बनाउन सकेनन र पूर्ण रूपमा असफल भए। पहिलो खेलमा उनी शून्य रनमा आउटा हुदा दोस्रो खेलमा उनले एक बल पनि खेल्ने मौका प्राप्त गरेनन। पाकिस्तानविरुद्ध टी–२० सीरीजका लागि न्युजील्याण्डको टोली घोषिणा हुदा टोलीका चयनकर्ता गेभिन लार्सनले टेलर लगायत अन्य खेलाडीहरुको प्रदर्शनका आधारमा टोलीबाट हटाइएको बताए । न्यूजील्यान्डले ओपनर कोलिन मुनरो बिना पाकिस्तान बिरूद्धको टी–२० सीरीज खेल्ने छ । मुनरो हाल बिग बास लिगमा पर्थ स्क्रोर्स टोलीबाट खेलीरहेका छन। यद्यपि मुनरो अनुपस्थितिले टोलीलाई असर नगर्ने गुप्टिलको विश्वास छ । टिम साइफर्ट पनि एक उत्कृष्ट ओपनर हुन।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.