फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश र तस्बिर पठाउने २ जना पक्राउ

डिसी नेपाल
३ पुष २०७७ १६:५७
560
Shares

काठमाडौं । फेक इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउने र यौन उत्पीडन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने मोरङ विराटनगरका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका ६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेका छन् ।

सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।

सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने र यौन उत्पीडन दिने कार्य गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने कार्य गरेको खुल्न आएको छ ।

उनीहरुलाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूरमा अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *