धादिङ जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन शुरु
धादिङ । जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आठ विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल १८ समूह, पालिकाअन्तर्गतको पुरुष युगल ३५ समूह, भेट्रान्स ४५ वर्षभन्दा माथिको एकल १२ समूह, १९ वर्षमुनिका पुरुष एकल ११ समूह, जिल्लास्तरीय महिला एकल १४ समूह गरी १७४ समूहले भाग लिने छन् ।

प्रतियोगितामा पुरस्कृत हुने सबै समूहका प्रतियोगीलाई जिल्ला ब्याडमिन्टन सङ्घले नगद पुरस्कार, कप, शिल्ड र प्रमाणपत्र दिने आयोजक राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठका अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले खेलकूदका विकासमा आफूले सकेको ध्यान दिने दृढता व्यक्त गरे ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment