शुक्रबार ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८१६ पुग्यो

डिसी नेपाल
१० पुष २०७७ १६:१३

काठमाडौं। शुक्रबार नेपालमा थप ६०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८९२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८१६ पुगेको छ।

यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *