दोस्रो टेष्टका लागि भारतीय टोलीको घोषणा, चार परिवर्तन
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्टको लागि खेलाडीको सुचि सार्वजनिक गरेको छ ।
शुक्रबार बीसीसीआईले अष्ट्रेलियाविरुद्धको दोस्रो खेलका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो । शनिबारबाट अष्ट्रेलियाको मेलबर्नमा दोस्रो टेष्ट सुरु हुँदै छ ।
दोस्रो टेष्टको लागि भारतले ४ खेलाडी परिवर्तन गरेको छ । भारतीय टिमको कप्तानी अजिंख्य राहाणेले गर्ने छन् । यस्तै ब्याट्सम्यान सुभम गील र फास्ट बलर मोहमद सिराजले पहिलो पटक टेस्टमा मौका पाएका छन्।
चोट बोकेका अलराउन्डर रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन्। लयमा नरहेका पृथ्वी शा र ऋदिमान शाह लाई ऋषभ पन्तले विस्थापित गरेका छन् । एडिलेडमा चोट बोकेका मोहमद शामी समेत दोस्रो खेलमा मैदान बाहिर रहने छन्।
टोलीमा राहाणेसंगै मयाङ्क अग्रवाल, सुभम गिल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रिशभ पन्त, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, मोहमद सिराज, उमेश यादव र जसप्रित बुम्राह रहेका छन् ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment