५ हजार ४ सयको पीसीआर गर्दा ५ सय जनामा कोरोना, सक्रिय संक्रमित ६ हजार (तथ्यांकसहित)

डिसी नेपाल
११ पुष २०७७ १५:५२

काठमाडौं। शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८४० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८१९ पुगेको छ।

यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४३४ जनाको पीसीआर परिक्षण भएको छ भने हालसम्म १९ लाख ३९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तथ्यांक:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *