जापान प्रवेशमा फेरि प्रतिबन्ध

डिसी नेपाल
१२ पुष २०७७ १:२४
636
Shares

टोकियो । जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लागाउने भएको छ। बेलायतबाट सुरु भएको नया कोरोना भाइरस जपानमा समेत आजसम्म सातजनामा देखापरिसकेको अवस्थामा जापानका प्रधान्मन्त्री योसिहेदे सुगाको निर्णयअनुसार यहीं डिसेम्बर २८ देखि प्रवेश प्रतिबन्ध लगाइएको हो।

यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने जनाइएको छ । जसमा विश्वभरिका नागरिक पर्ने छन् । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।

नेपालबाट जापान आउने भिषा लागेको नया बिद्याार्थीहरू तथा नयाँ भिसा लागाउने अर्थात् आउन तयारी भएकाहरु अब कहिले आउने भन्ने कुरामा पनि यो प्रतिबन्धको घोषणाले असर गर्ने भएको छ।

जापानी संचारमाध्यमहरुका अनुसार, कोभिड १९ को नयां स्वरुपको फैलावटको अवस्था हेरी प्रतिबन्धको समय फेरि थपिने पनि हुनसक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *