कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सले नागरिकता दिने
बीबीसी । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने बताएको छ।
आन्तरिक मन्त्रालयले कोभिड–१९ को नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि निवेदन दिन भनेको हो।
अहिलेसम्म ७०० भन्दा बढीले नागरिकता पाएका छन् वा पाउने अन्तिम चरणमा रहेका छन्। त्यसमा स्वास्थ्य क्षेत्रमा काम गर्ने पेसाकर्मी अनि सरसफाइ र पसलमा काम गर्ने कामदार रहेका छन्।
चिकित्सक र नर्सजस्ता अग्रमोर्चामा खटिने व्यक्तिहरू उच्च दरमा कोभिड(१९ को सिकार भएका थिए र कतिपयले ज्यान पनि गुमाएका थिए।
कोरोनाभाइरसबाट सबैभन्दा खराब अवस्थामा रहेको १० देशमध्ये फ्रान्स पनि एउटा हो। त्यहाँ २५ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने करिब ६२ हजारले ज्यान गुमाएका छन्।
गएको सेप्टेम्बरमा फ्रान्सले द्रुत रूपमा नागरिकता दिने अभियान घोषणा गरेका थियो। अहिलेसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेको र अरू ६९३ जना अन्तिम चरणमा रहेको बताइएको छ।
हालसम्म आवेदन दिनेको सङ्ख्या २,८९० रहेको छ। फ्रान्समा अङ्गीकृत नागरिकताका लागि निवेदन दिने व्यक्ति त्यहाँ पाँच वर्ष बसेको हुनुपर्ने, स्थिर आम्दानी हुनुपर्ने र फ्रान्सेली समाजसँग राम्रोसँग भिजेको हुनुपर्ने व्यवस्था छ।
सम्मानका लागि नागरिकता
तर सरकारले कोभिड नियन्त्रणको क्षेत्रमा काम गरेका व्यक्तिहरूले उनीहरूले ुपुर्याएको महान् सेवाु लाई ध्यान दिँदै दुई वर्ष फ्रान्समा बसेकै आधारमा नागरिकताका लागि योग्य हुने उल्लेख गरेको छ।
सन् २०१७ मा फ्रान्सको जनसङ्ख्या ६४ लाख रहेको थियो जसमा उत्तर र पश्चिम अफ्रिकामा रहेका उसका पूर्व उपनिवेश भएका ठाउँका मानिसहरूको सङ्ख्या उल्लेख रहेको थियो। फ्रान्समा नागरिकता पाउने प्रक्रिया अप्ठेरो र लामो रहेको ठानिन्छ।
सन् २०१९ मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम मानिसलाई अङ्गीकृत नागरिकता दिइएको थियो। फ्रान्सले बहादुरी र योगदान पुर्याए बापत् नागरिकतामार्फत सम्मान गरेको यो पहिलो घटना भने होइन।
सन् २०१८ मा मालीका एक जना व्यक्तिलाई प्यारिसमा कौशीबाट खस्न लागेका एक जना सानो बच्चालाई उद्धार गरेपछि फ्रान्सको नागरिकताले सम्मानित गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment