पहिरोपीडितको घर बनाउन जग्गा खरिद

डिसी नेपाल
१४ पुष २०७७ ९:०६
56
Shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ। पहिराबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका सङ्घले पाँच रोपनी जग्गा खरिद गरेको हो। गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ घर भत्किएको थियो । आठको मृत्यु र एक जना बेपत्ता भएका थिए।

घरवास गुमाएका मध्ये एकको काठमाडौँमा घर छ। बीस जनाको अन्यत्र जग्गा छ। घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाले पहिचान गरेको जग्गा सङ्घले खरिद गरेको हो। रु २० लाखमा बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गरेका दल शेरबुजाले बताए।

सो जग्गामा घर निर्माण गरेर पहिरोपीडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ। स्वदेश तथा विदेशमा रहेका बिमवासीले आर्थिक स्रोत जुटाएका हुन् । वडाध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म आठ परिवारले सो जग्गामा बन्ने घरमा बस्न सहमत भएका जानकारी दिए। म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले १० घर बनाउने तयारी गरेको छ।

उनीहरुको पुनःवासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ। घरवास गुमाएकालाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *