रोहित शर्मा, ऋषभ पन्तसहित पाँच भारतीय क्रिकेटर आइसोलेसनमा
काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय टोलीका ५ खेलाडीलाई आईसोलेसनमा राखिएको छ । भारतीय खेलाडीहरु रोहित शर्मा, ऋषभ पन्त, शुभमन गिल, पृथ्वी श र नवदिप शैनीलाई आईसोलेसनमा राखिएको क्रिकइन्फोले जनाएको छ ।
उनीहरुले नयाँ वर्षको दिन मेलबर्नको एक रेष्टुरेन्टमा भिडभाडमा बसेर खाना खाएको भिडियो बाहिरिएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको हो । उनीहरुलाई सुरक्षाका दृष्टिकोणले आईसोलेसनमा राखिएको र थप अनुसन्धान भइरहेको छ ।
चोटका कारण अष्ट्रेलिया भ्रमणका सुरुवाती खेलहरु गुमाएका रोहित तेस्रो टेष्टमा टिममा फर्किएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment