राजमार्गमा ‘आदमखोर’ बाघः गुडिरहेको मोटरसाइकलमा झम्टेर महिलालाई मारेर खायो

डिसी नेपाल
१९ पुष २०७७ ७:२०
3.9k
Shares

बर्दिया। बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगेर मारेर खाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको हो । छोरा सन्तोषको मोटरसाइकलमा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् ।

बेलुकी करिब ९ बजे घुम्ना पुलनजिक घटना भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘बाघले आमालाई लगेपछि मोटरसाइकलबाट लडेका सन्तोषले सुरक्षाकर्मीलाई फोन गर्नुभएछ,’ उनले भने, ‘अनि सेनाको टोलीले राति नै खोजतलास गरे पनि आमालाई फेला पार्न सकिएन ।’ नन्दकलाको शव क्षतविक्षत अवस्थामा शनिबार दिउँसो राजमार्गदेखि दक्षिण घना वनको दुई किलोमिटर पर फेला परेको हो ।

मोटरसाइकलमा सवारलाई बाघले एकै ठाउँमा झम्टेर मारेको दुई दशकको अन्तरालमा यो दोस्रो घटना हो । यसअघि सन् २०५८ सालमा कैलाली लम्कीको सिनेमाघर शीतल चलचित्र मन्दिरका सञ्चालक मारिएका थिए ।

शुक्रबारको घटनापछि सो क्षेत्रमा सेनाको गस्ती बढाएको छ भने अनिश्चितकालका लागि दुई पांग्रे र पैदलयात्रुलाई प्रतिबन्ध लगाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *