५ हजार पीसीआर परीक्षण गर्दा थप ४२१ जनामा कोरोना, ८ जनाको मृत्यु

डिसी नेपाल
१९ पुष २०७७ १६:२८

काठमाडौं। आइतबार नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८ सय पीसीआर परीक्षण गर्दा ४२१ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७८ पुगेको छ।

यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ४८ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *