ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे, बस्न्यातलाई थुना

डिसी नेपाल
२२ पुष २०७७ ७:३४
100
Shares

काठमाडाैं। चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धरौटी नै माग नगरी थुनामा पठाएर विभेद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसमध्येका भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालिन सचिव बस्न्यातको हकमा अदालतले धरौटी नमागी थुनामा राख्न आदेश दियो । उनी अहिले डिल्लीबजारस्थित कारागारमा रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ दफा ४ को (ख) अनुसार आयोगको क्षेत्राधिकारभित्र मन्त्रिपरिषदबाट भएको सामूहिक निर्णय हेर्न नपाउनेमा मन्त्रिपरिषद्को सोही निर्णयलाई त्यही ऐनअनुसार बस्न्यातलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

‘एउटै ऐनमा टेकेर कसैलाई धरौटी त कसैलाई धरौटी नै नतोकी थुनामा पठाउने काम राम्रो होइन यसले न्याय प्रक्रियामै विभेद भएको देखिन्छ,’ अदालतनिकट स्रोतले भन्यो । स्रोतका अनुसार बस्न्यातलाई सुरुमा धरौटीमा रिहा गर्न खोजिएको थियो तर पछि धरौटी नै तोकिएन एकैपटक थुनामा पठाउने आदेश भयो ।

यसअघि सुरुमा डिल्लिबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेल गत चैत ३ गते विशेष अदालतमा हाजिर भएका थिए । अदालतमा हाजिर भएपछि पौडेललाई धरौटी नै नखोली थुनामा पठाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *