जंगीअड्डामा नेपाली सेनाले मनायो पृथ्वीजयन्ती

डिसी नेपाल
२७ पुष २०७७ १०:४४
88
Shares

काठाडमौं । नेपाली सेनाले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। सेनाको मुख्यालय जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती तथा एकता दिवस मनाएको हो।

मुख्यालयभित्र रहेको पृथ्वी नारायण शाहको शालिकमा प्रधान सेनापति पूर्णचन्द्र थापाले माल्यार्पण गरेका थिए। सरकारको औपचारिक कार्यक्रम नभए पनि नेपाली सेनाले हरेकवर्ष पृथ्वीजयन्ति तथा राष्ट्रिय एकतादिवस मनाउँदै आएको छ।

आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको जन्म १७७९ पुष २७ गते गोरखा दरवारमा भएको थियो। २० वर्षको उमेरमा राजा भएका शाहले तत्कालिन बाईसे चौबिसे राज्यमा विभाजन भएको नेपाललाई एकीकरण गरेका थिए।

मकवानपुरकी राजकुमारीसँग विवाह गरेका शाहले नुवाकोट र कीर्तिपुरमा एक भन्दा बढी युद्ध गरेर जित हासिल गरेका थिए। उनको ५२ वर्षको उमेरमा मृत्यु भएपछि नेपालको एकीकरण यात्रा उनका पनाति गिर्वाणयुद्ध विक्रम शाहको पालामा समाप्त भएको थियो। एकीकरण अभियान करिव ७० वर्षसम्म चलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.