बुधबार नेपालमा थप ३१८ जनामा कोरोना, सक्रिय संक्रमित ३६ सय

डिसी नेपाल
७ माघ २०७७ १६:४६

काठमाडौं। बुधबार नेपालमा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७५पुगेको छ।

यस्तै हालसम्म १७२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर परिक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *