इरानी सर्वोच्च नेता खमेनइको ट्वीटर खाता निलम्बित

डिसी नेपाल
१० माघ २०७७ १३:०१
128
Shares

काठमाडौं। इरानी सर्वोच्च नेता अयातुल्लाह खमेनइको ट्वीटर खाता निलम्बन गरिएको छ । शुक्रबार ट्वीटरले यसको जानकारी दिएको हो । ट्वीटरले यसलाई फेक खाता भनेको छ । हालै यो खाताबाट ट्वीट गर्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्की दिइएको थियो ।

यो खाताबाट ड्रोनको छायामा गल्फ खेल्दै गरेका डोनाल्ड ट्रम्पको फोटो पोस्ट गरेर फारसी भाषामा बदला उचित छ लेखिएको थियो । ट्वीटरले यो ट्वीट गरेर कम्पनीको नीति उल्लंघन गरिएको बताएको छ । ट्वीटरले पछि अर्को बयान जारी गर्दै जाँचमा यो खाता फेक भएको र खमेनइको यससँग कुनै सम्बन्ध नभएको पाइएको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *