रुसमा नभाल्नीको समर्थनमा विरोध प्रदर्शन, दर्जनौँ गिरफ्तार
बीबीसी । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरू गिरफ्तार गरिएका छन्।
प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ।
गत आइतवार जर्मनीबाट देश फर्केका उनलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजन गरेको प्रदर्शन रुसका ६० सहरमा हुने अपेक्षा गरेका छन्।
नभाल्नीका प्रवक्ता किरा यार्मास र उनका एक वकिल ल्युबोभ सोबोललाई गिरफ्तार गरिएको छ। उनीहरूलाई जरिवाना वा छोटो जेल सजाय हुनसक्ने बताइएको थियो।
सोबोललाई रिहा गरिएपनि यार्मासलाई नौ दिन जेलमा राखिने भएको छ। अन्य सहरमा पनि नभाल्नीका चर्चित समर्थकहरूलाई गिरफ्तार गरिएको छ।
नभाल्नीको श्रीमती युलियाले आफ्नो लागि, नभाल्नीको लागि र आफ्नो बच्चाहरूका लागि, हाम्रो समान मूल्य र मान्यताका लागि मस्कोमा प्रदर्शनमा सहभागी हुने जनाएकी छन्।







डिसी नेपाल







Facebook Comment