क्यापिटल हिलका आक्रमणकारीलाई ट्रम्पले पैसा दिएका थिए!
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना र्यालीमा सहभागी व्यक्ति र आयोजक कम्पनिलाई पैसा दिएको खुलेको छ । सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका अनुसार ट्रम्पले दुई वर्षमा २.७ मिलियन अमेरिकी डलर भन्दा बढी रकम आफ्नो ¥यालीमा सहभागीलाई दिएका छन् । तीमध्ये ६ जनवरीमा क्यापिटल हिलमा आक्रमण गर्नेहरुपनि रहेको बताइएको छ ।
नेशनल पार्क सर्भिसले अनुमति दिएको आठ अधिकारीहरुले ट्रम्पसँग पैसा लिएका थिए । तिमध्ये मिक मुल्भानीकी भतिजी म्यागी मलभानी पनि रहेकीछन् । मिक ट्रम्पकी पूर्व चीफ स्टाफ हुन् । उनले क्यापिटल हिलमा भएको दंगापछि उत्तरी आयरल्याण्डको विशेष दूतबाट राजीनामा दिएका थिए । म्यागीलाई नोभेम्बर २३ पछि ¥यालीको लागि १ लाख ३८ हजार डलर भुक्तानी गरेको पनि रिपोर्टमा उल्लेख छ ।
उक्त र्यालीपछि ट्रम्पले उनीहरुलाई क्यापिटल हिलतर्फ अगाडी बढ्न प्रेरित गरेका थिए । जसका कारण उक्त स्थानमा दंगा फैलिएको थियो । उक्त दंगामा पाँच व्यक्तिको मृत्यु भएको थियो ।







डिसी नेपाल







Facebook Comment