को हुन् यी १७ वर्षकी किशोरी ? जसका लागि भ्लादिमिर पुटिन पानीझैं पैसा बगाउँछन्
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका राजनैतिक प्रतिद्वन्द्वी एलेक्स नभाल्नीले आफ्नो ब्लगमा गम्भीर आरोप लगाएका छन् । एलेक्सीका अनुसार पुटिनसँग १ अर्ब पाउण्ड मूल्य पर्ने भव्य महल छ र उनले आफ्नी पूर्व प्रेमिका र ती प्रेमिकाबाट जन्मिएकी छोरीका लागि पानीझैं पैसा बगाउँछन् । नभाल्नीको दावीअनुसार पुटिनको घरमा स्ट्रिप क्लव, क्यासिनो, डान्स म्याट, स्पा, थिएटर जस्ता विलासी सुविधा छन् । यहाँ एक बन्दरगाह, परमिट सिस्टम र बोर्डर चेक प्वाइन्ट पनि छ ।
नभाल्नीले आफ्नो पछिल्लो भिडियोमा पुटिनकी छोरी लुइजाको बारेमा पनि कुरा गरेका छन् । रुसको अनुसन्धानात्मक वेबसाइट प्रोएक्तका अनुसार ९० को दशकमा लुइजाकी आमा स्वेतलाना हाउसकिपर थिइन् र त्यतिबेला उनको पुटिनसँग भेट भएको थियो । स्वेतलानाले अर्थशास्त्रमा डिग्री पनि लिएकी थिइन् तर त्यो समय उनी सरसफाइकर्मीको काम गर्थिन् । पुटिन त्यतिबेला एफएसबीका प्रमुख थिए र विवाहित थिए । २००३ मा पुटिनकी लभ चाइल्ड भनिने एलिजावेत्ता वा लुइजाको जन्म भएको थियो । त्यसपछि २००३ को आसपासमा पुटिन आफ्नी पत्नीसँग छुट्टिएका थिए ।
द सनको रिपोर्टअनुसार एलेक्सीले लुइजाको इन्स्टाग्रामबारे कुरा गरेका छन् । लुइजाले आफ्नो इन्स्टाग्राममा कैयौं विलासी ब्राण्डका सामानहरुसहित तस्वीर पोस्ट गरेकी छिन् । एक तस्वीरमा उनी गुच्ची ब्राण्डको मास्क लगाएकी देखिन्छिन् । यसका अलावा महामारीका बेला उनी शानदार अपार्टमेन्टमा श्याम्पेन र ककटेलको मजा लिइरहेकी देखिन्छिन् ।
एलेक्सीले भिडियोमा भनेका छिन् ‘४५ वर्षकी स्वेतलाना जब ९० को दशकमा पुटिनसँग भेटेकी थिइन् त्यतिबेला साधारण सरसफाइकर्मी थिइन् । तर, आज उनी धेरै धनी महिला हुन् र रशिया बैंकमा शेयरहोल्डर पनि हुन् । कसैलाई थाहा छैन उनले कसरी यति छिटो यस्तो सफलता पाइन् । तर, मसँग यसको जवाफ छ । स्वेटलानाले ९० को दशकमा पुटिनलाई भेटिन् । २००३ मा उनले लुइजालाई जन्म दिइन् । त्यसपछि उनले पुटिनका कुलिन साथीहरुबाट विलासी अपार्टमेन्ट पाइन् । पुटिनको सन्तान जन्माएपछि उनले रशिया बैंकमा शेयर पाइन् ।’
एलेक्सी विगत ५ महिनादेखि जर्मनीमा थिए । उनीमाथि मस्कोमा आक्रमण भएको थियो । एलेक्सीले पुटिनमाथि आरोप लगाउँदै पुटिनका मानिसहरुले उनलाई विष दिने प्रयास गरेको बताएका थिए । जर्मनीबाट रुस फर्किएपछि एलेक्सीलाई पुनः जेलमा हालिएको छ । पुटिनको यो निर्णयको कैयौं देशले आलोचना गरेका छन् ।







डिसी नेपाल







Facebook Comment