‘विदेशी पर्यटक भित्र्याउन पहलकदमी लिनुपर्ने’

डिसी नेपाल
१३ माघ २०७७ २३:०१

काठमाडौं । पर्यटक व्यवसायीले विदेशी पर्यटक नेपाल भित्र्याउनका लागि सरकारले पहलकदमी लिनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध पर्यटन सङ्गठनका संयोजक नवराज पाण्डे, नेपाली कांग्रेस सम्बद्ध नेपाल पर्यटन व्यवसायी सङ्घका सहअध्यक्ष रामशरण थपलिया र जनता समाजवादी पार्टी सम्बद्ध पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष सुरेश अमगाईले आज संयुक्त विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पर्यटन सङ्गठनले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई लगाउँदै आएको एक हप्ते क्वारेन्टाइन हटाउन माग गरेका छन् । यस्तै, पर्यटक के कामका लागि नेपाल आएको हो सोही संस्थाको सिफारिसमा अराइभल राहदानी उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताएका छन् । कोभिड–१९ का कारण चार लाख प्रत्क्षय तथा ११ लाख अप्रत्क्षयरुपमा पर्यटन व्यवसायी तथा मजदूरको जागीर धरापमा परेको भन्दै पर्यटन मजदूरलाई तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन् ।

यसैगरी, नेपाल भ्रमणका लागि आएका पर्यटकलाई सीमानाका वा विमानस्थलमा स्वाब सङ्कलन गरी यथासक्य पीसीआर रिपोर्ट दिने व्यवस्था गर्नुपर्ने, स्थानीय तहले लगाएको घुमफिर प्रतिबन्ध खुला गर्नुपर्ने, व्यवासय सञ्चालनका लागि पाँच प्रतिशत दरमा कर्जा दिनुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *