ट्रम्प समर्थक ‘प्राउड ब्वायज’लाई आतंकवादी संघटन घोषित गर्ने विधेयक संसदबाट पारित

डिसी नेपाल
१४ माघ २०७७ ११:०८

काठमाडौं। श्वेत सर्वोच्चतावादी संगठन ‘प्राउड ब्वायज’ लाई आतंकवादी संगठन घोषित गर्ने विधेयक क्यानडाको संसद हाउस अफ कमन्सले पारित गरेको छ ।

हालैका दिनहरुमा राजनैतिक हिंसा र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रदर्शन गरेपछि यो संगठन सुरक्षाको लागि खतरा हुनसक्ने चिन्ता व्यक्त गरिएको थियो । यही पृष्ठभूमिमा क्यानडाको संसदले सर्वसम्मतिले विधेयक पारित गर्दै सरकारलाई यो संगठनलाई आतंकवादी संगठन घोषित गर्न सिफारिस गरेको हो ।

मुख्य गरी अमेरिका र क्यानडामा सक्रिय यो समूहलाई अमेरिकामा पनि आतंकवादी संगठन घोषित गर्ने विषयमा विचार भइरहेको छ । ग्लोबल टाइम्सका अनुसार यो विधेयक संसद सदस्य जगमीत सिंहले पेश गरेका हुन् । अब यो विधेयक ओटावाको नेतृत्वबाट पारित हुनुपर्नेछ । रिपोर्टमा सरकारले यस विषयमा धारणा बनाइसकेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *