के अहिले पृथ्वीमा एलियन आएका छन् ? २ जना पाइलटले उडनतश्तरी देखेर भिडियो बनाए

डिसी नेपाल
१५ माघ २०७७ १३:४७
8.5k
Shares

काठमाडौं। पाकिस्तान इण्टरनेशनल एयरलाइन्समका दुई जना पाइलटहरुले गएको शनिबार लाहोर र कराचीको बीचमा उडनतश्तरी देखेको बताएका छन् । दुवैले ककपिटबाट यसको भिडियो पनि बनाएका छन् । भिडियोमा एउटा तीब्र सेतो प्रकाशको गोला चम्किरहेको देखिन्छ । ककपिटमा दुई पाइलटको कुराकानी पनि सुन्न सकिन्छ ।

पाकिस्तानी अखबार डनका अनुसार शनिबार पीआइएको उडान नम्बर पीके–३०४ कराचीबाट लाहोर जाँदै थियो । यसमा दुई पाइलट थिए । बेलुकी करिब ४ बजे उनीहरुले आकाशमा तीब्र प्रकाशको गोला देखे । यो गोलाले छिटोछिटो ठाउँ फेरिरहेको थियो । जियो न्यूजका अनुसार पाइलटहरुले यो गोला देखे । केही बेरपछि उनीहरुले यसको भिडियो बनाउन सुरु गरे । पछि यो भिडियो सामाजिक संजालमा भाइरल भयो । कथित उडनतश्तरी रहीम यार खान इलाकामा देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *