४० हजार वर्ष पुरानो लामो रौं भएको गैडाको अवशेष भेटियो

डिसी नेपाल
१५ माघ २०७७ १४:५३
1.0k
Shares

काठमाडौं। साइबेरियाको याकुतिया क्षेत्रमा हिउँ पग्लिएपछि एक जीवको शरीर बाहिर आएको छ । स्थानीयले वैज्ञानिकहरुलाई यसको जानकारी दिएका हुन् । वैज्ञानिकहरु आउँदो यो खैरो रंगको लामो रौं भएको गैंडा हिलोमा थियो । यसको शरीरका कैयौं भाग र रौं अझै पनि सुरक्षित छन् । डेलीमेलमा प्रकाशित समाचारअनुसार वैज्ञानिकहरुले यो रौं भएको गैंडालाई कुनै हिमाली सिंहले आक्रमण गरेको विश्वास गरेका छन् ।

सिंहको आक्रमणबाट बच्नको लागि भागेको गैंडा हिलोमा गएर फसेको र नदीमा बगेर त्यहाँसम्म आएको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । हिमाली सिंहको प्रजाति अहिले समाप्त भइसकेको छ । लामो रौं भएको गैंडाको प्रजाति युरोपको आइस एज भन्दा पहिले जीवित थियो । युरोपको आइस एज १४ हजार वर्ष पुरानो घटना हो ।

अहिले भेटिएको गैंडाको अवशेष कति पुरानो हो भन्ने स्पष्ट छैन तर वैज्ञानिकहरुले यो २५ देखि ४० हजार वर्ष पुरानो भएको अनुमान गरेका छन् । लामो रौं भएको गैंडाको प्रजाती त्यतिबेला युरोप साइबेरियासहित चीन र दक्षिण कोरियामा पनि भएको बताइन्छ । यिनीहरुको अवशेष यी देशबाट पनि बरामद भएका छन् । जलवायु परिवर्तन र पृथ्वीको बढ्दो तापक्रामका कारण यी प्रजाति विस्तारै समाप्त हुँदै गए ।

साइबेरियामा भेटिएको गैंडाको लम्बाइ ८ फिट छ र उचाइ करिब साढे ४ फिट छ । यो अहिलेको गैंडाको आकारभन्दा ७ देखि ९ इन्च सानो हो । शरीर हेर्दा मृत्यु हुने बेला यो गैंडा ३ देखि ४ वर्षको हुन सक्ने अनुमान गरिएको छ । यो गैंडाको रौं, छाला, दाँत, हड्डीहरु र सिङ सबै सुरक्षित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *