३ दिनमा ७ पटक क्वारेन्टाइनको नियम तोडेपछि ४१ लाख रुपैयाँ जरिवाना

डिसी नेपाल
१५ माघ २०७७ १६:३५
256
Shares

काठमाडौं। ३ दिनको अवधिमा ७ पटक क्वारेन्टाइनको नियम तोड्ने एक ताइवानी व्यवसायीलाई १ मिलियन ताइवानी डलर (४१ लाख ५५ हजार रुपैयाँ) जरिवाना तिराइएको छ ।

ती व्यक्तिको पहिचान खुलाइएको छैन । उनी व्यवसायिक कामको लागि मेनल्याण्ड चीन गएर फर्किएका कारण ताइचुङमा रहेको आफ्नो घरमा क्वारेन्टाइनमा थिए । तर, उनले तीन दिनको अवधिमा कार मर्मत गर्न लैजाने, शपिङ जाने जस्ता काम गरेर ७ पटक नियम तोडेको स्थानीय टीटीभीलाई उद्धृत गर्दै डेलीमेलले लेखेको छ

स्थानीय अधिकारीले उनी मेनल्याण्ड चीनबाट २१ जनवरीमा फर्किएको र घर आएपछि पटक पटक घरबाहिर निस्किएर नियम तोडेको पुष्टि गरेका छन् । ताइवानमा नयाँ संक्रमण फैलिन थालेपछि बाहिरबाट आउनेहरुले १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम छ । ताइचुङकी मेयर लु शिउयानले ती व्यवसायीले पटक पटक नियम तोडेकोमा निन्दा गर्दै उनले उचित सजाउ पाउनुपर्ने बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *