जसले कोरोना केही होइन भन्दै मास्क लगाएनन् उनको मृत्यु कोरोनाले

डिसी नेपाल
१५ माघ २०७७ १७:४२
840
Shares

काठमाडौं (एजेन्सी)। कोरोना महामारी केही होइन भन्दै कोरोना नियन्त्रणमा सरकारले चलाएका अभियानलाई अस्वीकार गर्ने एक व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। बेलायती सञ्चार माध्यम द गार्डियनका अनुसार बेलायतको श्रेपशायर निवासी ग्यारी म्याथुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

उनले कहिल्यै पनि मास्क नलगाएको र सामाजिक दूरी पनि कायम नगरेको गार्डियनले उल्लेख गरेको छ। समाचार अनुसार विरामी भएको सात दिनमै उनको मृत्यु भएको हो। कोरोना परीक्षणपछि पोजेटिभ रिजल्ट आएको दोस्रो दिनमै उनको मृत्यु भएको जनाइएको छ। उनी अन्तिम समयमा आफ्नो फ्ल्याटमा एक्लै रहेको बताइएको छ। उनले कोरोना महामारी केही होइन भन्दै लकडाउनको पनि विरोध गर्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *