चीनमा रहेको डब्लुएचओको टोलीको क्वारेन्टीन अवधि अन्त्य
बेइजिङ । चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को टोलीको क्वारेन्टीन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टीनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टीन अवधि पुरा गरेको छ ।
“उहाँहरुका सवै गतिविधि वैज्ञानिक र स्वीकार्य मान्यता अनुसारका रहेका थिए, मानिसको जीवन र स्वास्थ्यलाई ध्यान दिएर गतिविधिहरु गरिएको थियो,” प्रवक्ता लिचिनले भने ।
कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको देशमा त्यसको उत्पत्तिको बारेमा अध्ययन गर्न भन्दै डब्लुएचओको टोली चीन आएको हो । टोलीले क्वारेन्टीनबाट निस्किएपछि बिहीबारदेखि नै आफ्नो अध्ययन कार्य सुरु गरेको पनि चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
यो टोलीलाई कोरोनाभाइरसको उत्पत्तिसम्वन्धी सत्यतथ्य पत्ता लगाउने टोलीका रुपमा लिइएको छ । क्वारेन्टीनबाट निस्किएपछि उनीहरुलाई चिनियाँ पक्षले अध्ययनका लागि अव चाहेको ठाउँमा जान स्वीकृति दिने भएको छ ।
अध्ययनका क्रममा पनि डब्लुएचओको टोलीले सामाजिक दुरी कायम राख्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका नियम भने निरन्तर पालना गर्नु पर्ने जनाइएको छ ।







डिसी नेपाल







Facebook Comment