कर्मचारीमा कोरोना देखिएपछि मलेसिया स्थित नेपाली दूतावास बन्द

डिसी नेपाल
१६ माघ २०७७ ११:३९
104
Shares

काठमाडौं । मलेसिया स्थित क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि दूतावास बन्द गरिएको छ । मलेसियाको क्वालालम्पुर क्षेत्र लगायत अन्य शहर हरुमा फेरि कोरोनाको प्रभाव बढ्दै गएपछि दुतावासमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।

नेपाली दूतावास मलेसियाले राजधानी क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा कोभिड संक्रमित संख्या बढिरहेकोले सुरक्षा सतर्कताको तयारी गर्ने कार्यको लागि दूतावासका सेवा बन्द गरिएको जनाएपनि डिसी नेपाललाई प्राप्त जानकारी अनुसार दुतावासमा कार्यरत एक कर्मचारी कोरोना पोजेटिभ देखिएको छ ।

हालसम्म मलेसियामा १ लाख ९८ हजार २०८ जनामा संक्रमण देखिएको छ भने १ लाख २९९ जनाले स्वास्थ्य लाभ लिएका छन् । जम्मा ७१७ जनाको निधन भएको छ । मलेसियामा हाल आवागमन नियन्त्रण आदेश (एमसिओ) पुनः लागू गरिएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *