डब्ल्यूएचओकाे टोलीले सुरु गर्याे वुहानमा स्थलगत अध्ययन
बीबीसी । विश्व स्वास्थ्य सङ्गठनको वैज्ञानिकहरूको टोलीले चीनको वुहानमा शुक्रवारदेखि कोरोनाभाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको काम सुरु गरेका छन्। त्यहाँ दुई साताको क्वारन्टीन बसेपछि सङ्गठनको टोलीले चिनियाँ वैज्ञानिकहरूसँग छलफल गरिसकेका छन्।
शुक्रवारदेखि उनीले स्थलगत अध्ययन थालेका छन्। केही साता लाग्ने भनिएको स्थलगत अध्ययनको क्रममा उनीहरू पहिलो चरणमा कोरोनाभाइरस देखिएको पशुपन्छी बजारमा पनि पुग्नेछन्।
उनीहरू वुहानको प्रयोगशालामा पनि पुग्नेछन्। त्यहाँबाट भाइरस बाहिरिएको आशङ्का व्यक्त भए पनि टोलीका सदस्यहरूले त्यो सम्भावनाबारे बोलेका छैनन्।
सो टोलीले चिनियाँ वैज्ञानिक टोलीले गरेको अध्ययनलाई समीक्षा गर्ने हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment