रक्सीको एउटा बोतल किन्न ग्राहकहरुको होडबाजी, अन्ततः ६३ लाखमा बिक्री भयो
काठमाडौं। संसारमा यस्ता कैयौं मानिसहरु छन् जो महंगो मदिराको सौखिन हुन्छन् । तर, के तपाइँले एक बोतल रक्सीको लागि ग्राहकहरुको होडबाजी भएको र एउटा बोतलको लागि ग्राहकले ६३ लाख रुपैयाँ खर्च गरेको सुन्नुभएको छ ? हङकङमा यस्तो भएको छ । यहाँ हालै भएको एक लिलामीमा ग्लेन ग्रान्ट ब्राण्डको ह्वीस्की ५४ हजार डलवर (६३ लाख रुपैयाँ)मा बिक्री भएको छ ।
खासमा यो बोतल ७४ वर्ष पुरानो थियो । त्यसैले यति महंगोमा बिक्री भएको हो । १९४८ मा बनेको ग्लेन ग्रान्ट ह्वीस्कीको बोतललाई स्वतन्त्र रुपले बोटलर गार्डेन र म्याकफेलद्वारा लिलामीमा पेश गरिएको यो पहिलो पटक हो । स्कटल्याण्डको ग्लेन ग्रान्ट सिंगल माल्ट ह्वीस्कीको ७२ वर्ष पुरानो बोतलको लिलामी ४ लाख २१ हजार ६ सय हङकङ डलरमा भएको हो ।
सीबीएस न्यूजका अनुसार त्यो बोतल बेच्न चाहने व्यक्तिले ३ लाखदेखि ३ लाख ८० हजार हङकङ डलर पाउने अपेक्षा गरेका थिए तर लिलामीमा उनीहरुले सोचेको भन्दा धेरै मूल्यमा बिक्री भयो । बोनहम्समा मदिरा तथा ह्वीस्की विशेषज्ञ रहेका क्रिस्टोफर पोंगले भने ‘अन्य विदेशी वस्तुको तुलनामा पुरानो ह्वीस्कीको मूल्य विगत १० वर्षमा ४ गुणाले बढेको छ । शुक्रबारको लिलामीमा अर्को ३५ वर्ष पुरानो ह्वीस्कीको बोतल ३ लाख ७२ हजार हङकङ डलरमा बिक्री भयो ।







डिसी नेपाल







Facebook Comment