नेपाल आउने कोरोना भ्याक्सिनको अवधि ६ महिना मात्र, ३ महिना पहिले नै उत्पादन भएको थियो

डिसी नेपाल
१७ माघ २०७७ १६:०५
204
Shares

काठमाडौं। नेपालमा अहिले उपयोग भइरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको प्रयोग अवधि ६ महिना मात्र भएको स्पष्ट भएको छ । नेपालमा अहिले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिन लगाइँदैछ । यो भ्याक्सिनको म्याद गुज्रिने अवधि ६ महिना मात्र भएको खुलासा भएको छ । अर्थात उत्पादन भएको ६ महिनाभित्र नलगाइएमा यो भ्याक्सिनले काम गर्दैन ।

भारतमा उत्पादित कोभिशिल्डसँगै कोभ्याक्सिनको समेत प्रयोग अवधि ६ महिना मात्र छ । कोभ्याक्सिनले भने अहिलेसम्म नेपालमा अनुमति पाएको छैन । कोभिशिल्ड उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इण्डियाका निर्देशक डा. सुरेश जाधवले बिजनेस टुडेसँग कुरा गर्दै भारत सरकारले पहिले नै २ करोड डोज लिएको र त्यसलाई उत्पादनको ६ महिनापूर्व नै प्रयोग गर्नुपर्ने बताए ।

कम्पनीको यो खुलासासँगै नेपालमा आएको भ्याक्सिन समयमै लगाउनुपर्ने दबाब बढेको छ किनकि नेपाल आएको भ्याक्सिन भर्खरै उत्पादन भएको होइन । सिरमलाई भारत सरकारले २०२० को अक्टोबर–नोभेम्बरमै उत्पादनको स्वीकृति दिएको थियो । त्यो हिसाबले अहिलेसम्म नेपाल आएको भ्याक्सिन उत्पादन भएको तीन महिनाभन्दा धेरै समय बितिसकेको छ ।

सिरम इन्स्टिच्युटले यो अवधिमा ५ देखि ६ करोड डोज उत्पादन गरेको छ र त्यसको ठूलो परिमाण स्टकमै छ । इन्स्टिच्युटले महिनामा ५ देखि ६ करोड डोज उत्पादन गर्न सक्छ । यस्तोमा उत्पादित डोज कसरी आपूर्ति गर्ने भन्ने समस्या सृजना भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *