ताइवानको स्वतन्त्रता भन्नु युद्धको आमन्त्रण भएको चीनको चेतावनी
बेइजिङ (एजेन्सी)। चीनले ताइवानको स्वतन्त्रताको कुरा गर्नु युद्धको आमन्त्रण भएको चेतावनी दिएको छ। ताइवानलाई चीनले आफ्नो सार्वभौमिकतामा राख्दै आएको भए पनि ताइवानमा स्वतन्त्र सरकार र स्वतन्त्र सेना छ।
१९४८ मा चिनियाँ सिभिल वार सकिएसँगै ताइवानले चीनसँग अलग्गिएर छुट्टै सरकार बनाएको थियो। तर, चीनले ताइवानलाई आफ्नो अंग मान्दै आएको छ। ताइवानलाई विश्वका अन्य मुलुकहरुले स्वतन्त्र राष्ट्रको मान्यता नदिए पनि अमेरिकालगायत केही मुलुकहरुले अनौपचारिक सम्बन्ध राख्दै आएका छन्।
हालै चिनियाँ लडाकु विमानले ताइवनको एअरस्पेसमा प्रवेश गरेका थिए। त्यसको केही दिनपछि चिनियाँ कडा भनाइ आएको हो। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु क्वाले ताइवानको स्वतन्त्रताको कुरा गर्नुको अर्थ युद्ध भएको भन्दै चीनसँग नखेल्न चेतावनी दिएका छन्। उनले चीनसँग खेल्नेहरु आगोसँग खेलिरहेको भन्दै जलेर खाक हुने बताएका छन्। उनले चीनले आफ्नो भूमिमा कुनै पनि बाह्य हस्तक्षेप अस्वीकार गर्ने बताएका छन्।
चीनको यो भनाइपछि अमेरिकी प्रतिक्रिया पनि आएको छ। अमेरिकामा जो बाइडेनले सत्ता सम्हालेपछि पहिलो पटक चीन र ताइवानबारे अमेरिकी भनाइ आएको हो। अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै ताइवानबारे चिनियाँ भनाइ आउनु निकै दुःखद भएको प्रतिक्रिया दिएका छन्। उनले चिनियाँ चेनावी अस्वभाविक भएकोसमेत बताएका छन्।
पछिल्ला दिनहरुमा ताइवान र चीनबीच विवाद बढिरहेको छ। ताइवानको लोकतान्त्रिक सरकारले ताइवानलाई औपचारिक रुपमा स्वतन्त्र देश घोषणाका लागि तयारी गरिरहेको बताइएको छ।







डिसी नेपाल







Facebook Comment