यूएईले विदेशी नागरिकहरुलाई पनि नागरिकता दिने
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई पनि नागरिकता प्रदान गर्ने भएको छ। शनिबार यूएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशीद अल मकतुमले सञ्चारकर्मीसंगको कुराकानीमा नागरिकतासम्बन्धी कानून संशोधन गरेर यस्तो व्यवस्था गर्न लागेको बताएका हुन्।
उनले विशिष्ट प्रतिभा भएका लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएको बताए।
‘हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई यूएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘यूएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानुनले दिने छ।’
यूएई सरकारका अनुसार विदेशी नागरिकले खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन् र यूएई देशको चौतर्फी विकास एवं उन्नतिमा टेवा पुगोस भनेर सो कानुन ल्याएको हो। साथै, नागरिक बन्ने योग्यता राख्ने सक्षम विदेशी व्यक्तिको सूचीमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई राखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment